आफूमाथि रातो रङ छ्यापिएपछि के भन्छन् महेश बस्नेत ?

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ७ गते १३:४८
Image of https://mayorsap.com/storage/photos/shares/68e5f44865f71_1.jpg

काठमाडौं। आइतबार बिहान विराटनगर पुगेका एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाहरूले रातो रङ छ्यापेपछि बस्नेतले निन्दा व्यक्त गरेका छन् । उनले घटना भएको केही समयमै सामाजिक सञ्जालमार्फत आफूमाथि रातो रङ छ्याप्ने र आक्रमण गर्ने प्रयास निन्दनीय भएको बताएका हुन् ।

उनले शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार भएपनि आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य नहुने बताए । हिंसा होइन विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फत देश अगाडि बढ्ने धारणा समेत उनले राखेका छन् ।

बस्नेतले घटनाका समयमा प्रहरीले अपनाएको तत्परताका लागि भने धन्यवाद व्यक्त गरेका छन् । युवा संघको कार्यक्रममा सहभागी हुन बस्नेत आइतबार विराटनगर पुगेका थिए । 

 


Facebook Comments