ललितपुर महानगरको नयाँ प्रशासकीय भवन उद्घाटन, सेवा अझै प्रभावकारी हुने

मेयर महर्जन भन्छन्– अझ ऊर्जा थपिएको छ

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २० गते १६:३२
Image of https://mayorsap.com/storage/photos/shares/photo-26-2.jpg

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नयाँ प्रशासकीय भवनको उद्घाटन समारोहमा महानगरको काम–कार्बाही थप प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै मेयर महर्जनले यो दिन ललितपुर महानगरपालिकाका लागि ऐतिहासिक रहेको बताए । ‘हामी जति काम गर्दै छौं, त्यसमा अझ ऊर्जा थपिएको छ । सबैको प्रतिनिधित्व हुने गरी काम गर्दै आएका छौं,’ उनले भने । 

उनले महानगरले गरेको काम अन्य स्थानीय तहका लागि पनि एक किसिमको ‘असल अभ्यास’ बनेको बताए । मेयर महर्जनले ललितपुर महानगरपालिका देशकै जेष्ठतम नगरपालिका भएको उल्लेख गर्दै त्यसअनुसार काम र व्यवहारमा उच्च आचारसंहिता तथा विधि पालनामा आफूहरू सजग रहेको बताए । 

उनले भने, ‘ललितपुर महानगरपालिका नेपालकै जेष्ठतम नगरपालिका हो । जेष्ठतम नगारपालिकाले कुनै पनि काम गर्दा, कुनै ठाउँमा वकतव्य दिँदा एकदमै विधि पुर्याएर काम कुरो गर्नुपर्छ । कसैले भन्न सक्ने गरी काम कुरो गर्नु हुँदैन । यसमा हामी निकै नै सशंकित छौं । हामीले जे गर्छौं, जे बोल्छौं । हामी  गरेरै  देखाउँछौं । सबैलाई काम गरेर प्रत्याभूति नै  देखाएका छौं ।’

उनले महानगरले बोलेका कुरा काम गरेर देखाउने परम्परा स्थापित गरेको दाबी पनि गरे । 

ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिबार राष्ट्रिपति रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन् ।


Facebook Comments