छात्रावासमा गोली चल्दा तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २० गते ११:५६
Image of https://mayorsap.com/storage/photos/shares/1735102396.jpg

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।

आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।

प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको घटनास्थलमै मृत्यु भएको उल्लेख गर्दै अर्का एक जनाको अस्पतालमा मृत्यु भएको उनले बताएका छन् ।

तीन जना बन्दुकधारीहरू बिहान ४ः३० बजे छात्रवास परिसरमा प्रवेश गरी समूहमा अन्धाधुन्ध गोली हानेको जनाइएको छ । 

 उनले गोली हानाहानको उद्देश्य पत्ता लगाउन नसकिएको उल्लेख गर्दै अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको बताए।  

दक्षिण अफ्रिकाको सबैभन्दा औद्योगिक राष्ट्र दक्षिण अफ्रिका सङ्गठित सञ्जालद्वारा सञ्चालित अपराध र भ्रष्टाचारसँग जुझिरहेको जनाइएको छ ।

मुलुकमा धेरै मानिसहरूसँग व्यक्तिगत सुरक्षाका लागि इजाजतपत्र प्राप्त हतियारहरू रहेको तर धेरै अवैध बन्दुकहरू प्रचलनमा रहेको जनाइएको छ । 

प्रहरीका अनुसार आक्रमणका कारण गत अप्रिलदेखि सेप्टेम्बरसम्म प्रत्येक दिन करिब ६३ जनाको मृत्यु भएको थियो ।


Facebook Comments