सभापोखरी गाउँपालिकामा पाँच शय्याको अस्पताल उद्घाटन

शव परीक्षण सेवा, ल्याब, फार्मेसीलगायतका आधारभूत सेवा उपलब्ध

No Author Assigned | २०८२ मंसिर २१ गते १८:१५
Image of https://mayorsap.com/storage/photos/shares/hospital00.PNG

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मेसीलगायतका आधारभूत सेवा उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष भीम सिङ्था लिम्बूले जानकारी दिए। 

साथै आगामी दिनमा एक्स–रे तथा भिडियो एक्स–रे जस्ता प्रविधिमैत्री सेवा थपिने उनले बताए। रु करिब ६ करोड ९७ लाख लागतमा निर्माण गरिएको अस्पताल सञ्चालनमा आएसँगै स्थानीयबासीलाई उपचारका लागि टाढासम्म धाउनुपर्ने समस्या कम हुने अपेक्षा गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यका अनुसार सभापोखरीमा हालसम्म ७ वटा स्वास्थ्य चौकीमार्फत सेवा दिइँदै आएको थियो । नयाँ अस्पतालले स्थानीय स्वास्थ्य संरचना थप मजबुत भएको उनले बताए।

अस्पताल भवनको औपचारिक उद्घाटन जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य र गाउँपालिका अध्यक्ष लिम्बूले संयुक्तरूपमा गरेका हुन्।


Facebook Comments