बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

User Image गोविन्द तिमिल्सेना | २०८२ मंसिर २१ गते ११:५७
Image of https://mayorsap.com/storage/photos/shares/bag.jfif

बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका विद्यार्थीहरूलाई शैक्षिक न्यानो कपडा तथा झोला वितरण गरिएको छ । अत्यधिक जाडो बढेकोले जाडोबाट बच्न थोरै राहत मिलोस् भन्ने उद्देश्यका साथ न्यानो ज्याकेट वितरण गरिएको हो । 

हातमा किताब बोकेर विद्यालय जानु पर्ने बाध्यतालाई ध्यानमा राखेर विद्यार्थीहरुलाई स्कुल झोला समेत वितरण गरिएको हो । नेपालका साथीहरू नामक संस्था, स्वामिकार्तिक गाउँपालिकाको सहकार्यका साथै नागरिक सेवा सरकार मञ्चको समन्वयमा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिए । 

उनका अनुसार गाउँपालिकाको वडा नम्बर ४ स्थित कालिका आधारभूत विद्यालय फैता र कर्णाली आधारभूत विद्यालयका छापुका करिब ३० जना बालबालीकाहरुलाई सामाग्री वितरण गरिएको हो । जाडोको समय भएकाले चिसोबाट बच्न ज्याकेटले ठुलो राहत मिल्ने अध्यक्ष रोकायाको भनाई छ । 

विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सामाग्री वितरण गर्न पाउँदा निकै खुसी लागेको बताउँदै अध्यक्ष रोकायाले सामाग्री वितरणमा सहयोग पुर्याउने प्रति आभार प्रकट गरेका छन् । वितरण गर्न बाँकी गाउँपालिका भित्रका अन्य विद्यालयमा क्रमिक रुपमा सामाग्री वितरण गरिने भएको छ । स्वामिकार्तिकले विभिन्न सहयोगी निकाय सँग समन्वय, सहकार्य गरेर पालिका भित्रका विद्यालयमा जाडोको समयमा न्यानो कपडा सँगै स्कुल व्याग वितरण गर्दै आएको छ । 


Facebook Comments