देशका अधिकांश भागमा पश्चिमी वायुको आंशिक प्रभाव

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २१ गते ११:५९
Image of https://mayorsap.com/storage/photos/shares/Weather.jpg

काभ्रेपलाञ्चोक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिक बदली भएको छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई भेगका एक/दुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो देशका अधिकांश भागमा आंशिक बदली हुनेछ । त्यसैगरी, आज राति कोशी, कर्णाली र सुदूरपश्चिमलगायत गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भागमा मुख्यतया मौसम सफा रहने छ । गण्डकी प्रदेशका हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।   


Facebook Comments