जेन–जीलाई पक्राउ गरेर प्रहरीले बदलाको भावना राख्याे : सुमना श्रेष्ठ
मेयरसाप डेस्क
|
२०८२ मंसिर २१ गते २०:४७
काठमाडौं । जेन–जी आन्दोलन र सुशीला कार्कीको अन्तरिम सरकार गठनमा निर्णायक भूमिका खेलेकी रास्वपाकी तत्कालीन सांसद सुमना श्रेष्ठले जेनजी आन्दोलनमा संलग्नहरूमाथि प्रहरीले बदलाको भावनाले कारबाही अघि बढाएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएकी छन् ।
हाल रास्वपा त्यागेर उज्यालो नेपाल पार्टीसँग निकट देखिने पूर्व मन्त्री श्रेष्ठले लामो वक्तव्य जारी गर्दै प्रहरीले सार्वजनिक–निजी सम्पत्ति तोडफोड, आगजनी र हतियार लुट्नेहरूलाई खोजी गरी मुद्दा चलाएकोमा आपत्ति जनाएकी हुन् ।
भदौ २३ को दमनले नभई ‘भाद्र २४को विध्वंस पछि हेलिकप्टरमा भाग्न परेपछि मात्र ओली महाशयले पद छोडेका हुन्’ भन्दै उनले प्रधानमन्त्रीको राजीनामाको कारण स्पष्ट पारेकी छन् ।
भदौ २४ मा जनताको आक्रोश मात्र नभई स्वार्थ समूहको घुसपैठ पनि रहेको स्वीकार गर्दै उनले राज्यले त्यस्तो मौका दिन नहुने बताइन् । उनले स्ट्याटस लेखेकै, बोलेकै वा ढुङ्गा बोकेको फोटोकै भरमा नागरिकलाई पक्राउ गरी हैरानी दिइएको आरोप लगाएकी छन् ।
दशकौँको कुशासन र गोली प्रहार भएको देखेको पृष्ठभूमिमा प्रहरी निकायमाथि भएको हमलालाई आक्रोशको अभिव्यक्ति भन्दै, घटनाको नैतिक जिम्मेवारी लिनुपर्नेहरूलाई छोडेर शक्तिहीन नागरिकमाथि बदला लिन खोजेको भन्दै आपत्ति जनाएकी हुन् ।
यस्तो छ उनको भनाइ:
Facebook Comments