सिलिचोङ गाउँपालिकाद्वारा ४४ महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

पाँचवटै वडाका महिला सम्मानित

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २१ गते २३:४४
Image of https://mayorsap.com/storage/photos/shares/samman.jpg

खाँदबारी । राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवसको अवसर पारेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाले ४४ जना स्वास्थ्य स्वयम् सेविकालाई सम्मान गरेको छ ।

गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा पालिकाभरिका सबै स्वास्थ्य स्वयंसेविकाहरूलाई चालू आर्थिक वर्षको प्रोत्साहन कार्यक्रमअन्तर्गत सम्मान गरिएको हो ।

सम्मानित सेविकाहरूलाई इलेक्ट्रिक इमर्जेन्सी लाइट, तातोपानी राख्ने थर्मस दिई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

स्वास्थ्य संयोजक दीपेन्द्र कुलुङका अनुसार सामुदायिक स्वास्थ्यका लागि खटिने स्वयंसेविकाहरूको प्रोत्साहनका लागि यो कार्यक्रम राखिएको हो ।

सिलिचोङका पाँच वटै वडामा गरी कार्यरत यी स्वयंसेविकाहरू मातृ तथा शिशु स्वास्थ्य, खोप कार्यक्रममा सहजीकरण र अन्य आकस्मिक स्वास्थ्य सेवामा खटिने गर्छन् ।

कार्यक्रम गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङको प्रमुख आतिथ्य तथा उपाध्यक्ष देविता कुलुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।


Facebook Comments