मेयर गुरुङको मन्त्रालयलाई व्यंग्यात्मक जवाफ–दिनैपिच्छे नयाँ प्रशासकीय अधिकृत पठाए पनि हुन्छ
गाई भैंसी ब्याउन र दाइँ गर्न समस्या छैन
मेयरसाप डेस्क
|
२०८२ मंसिर २२ गते १८:४१
धनकुटा। पाख्रीबास नगरपालिकाका नगर प्रमुख ज्ञानबहादुर गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रत्येक दिन नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाए पनि फरक नपर्ने भन्दै पत्र लेखेका छन् ।
मन्त्रालयअन्तर्गतको स्थानीय तह कर्मचारी प्रशासन शाखालाई पत्राचार गर्दै नगर प्रमुख गुरुङले प्रत्येक महिना वा सम्भव भए दिनदिनै छुट्टाछुट्टै प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकी पठाउँदा पनि फरक नपर्ने बताएका हुन् ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको बारम्बार हुने सरुवाप्रति असन्तुष्टि जनाउँदै उनले व्यंग्यात्मक शैलीमा मन्त्रालयलाई जवाफ फर्काएका हुन् ।
नगर प्रमुख गुरुङले पत्रमा पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक र आर्थिक कामकाज हुँदा र नहुँदा यस क्षेत्रमा धान फल्न, दाइँ गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाई भैंसी ब्याउन, दूध उत्पादन गर्न, सिंचाइ गर्न, फलफूल लगाउन, फुल्न र सो को निकासा गरी बिक्री वितरण गर्न कुनै समस्या नरहेको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृतको हकमा दिनैपिच्छे वा महिनैपिच्छे पठाउँदा पनि हुने उल्लेख गरेका छन् ।
उनले मन्त्रालयलाई पठाएको पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र नगर कार्यपालिकालाई दिएका छन् ।

Facebook Comments