मानेभञ्ज्याङमा पालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, २२ पदकसहित भगवती मावि प्रथम

प्रतियोगितामा ८ वटा विद्यालय सहभागी

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २३ गते ०३:४७
Image of https://mayorsap.com/storage/photos/shares/rastapati-running.PNG

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सम्पन्न भएको छ । प्रतियोगितामा २२ पदकसहित भगवती माध्यमिक विद्यालय पहिलो भएको छ । 

मानेभन्ज्याङ गाउँपालिकाको आयोजना, राज्य लक्ष्मि माविको संयोजन तथा व्यवस्थापनमा सञ्चालित गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ अन्तर्गत आठवटा विद्यालय सहभागी थिए । भगवती माविले ८ स्वर्ण, ८ रजत र ६ कास्य गरी कुल २२ पदक प्राप्त गरेको छ । भगवती मावि गत वर्ष पनि प्रथम बनेको थियो । 

त्यसैगरी ८ स्वर्ण, ५ रजत र ३ कास्यसहित १५ पदक प्राप्त गरेको हर्कपुर माध्यमिक विद्यालय दोस्रो स्थानमा रह्यो । ६ स्वर्ण, ५ रजत र ६ कास्यसहित कालिका माध्यमिक विद्यालय मोली तृतीय भयो ।

प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः शिल्ड, मेडल, ट्रफी, प्रमाणपत्रसहित ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । 

त्यसैगरी प्रतियोगिता अवधीभर अनुशासित खेलाडीतर्फ भगवती मावि मानेभन्ज्याङका मन्जेश गौतम र हर्कपुर मावि हर्कपुरकी–दिपिका गौतम घोषित भएका छन् । ।

उत्कृष्ट खेलाडीतर्फ हर्कपुर मावि हर्कपुरका टेरेन्स सुन्दर श्रेष्ठ र कालिका मावि मोलिका अमिता राई घोषित भए । 


Facebook Comments