वीरगञ्ज भन्सारमा काम ठप्प : कानुनको विरोधमा एजेन्टहरू आन्दोलित
राजस्व सङ्कलनमा असर
मेयरसाप डेस्क
|
२०८२ मंसिर २४ गते ०४:४२
वीरगञ्ज । भन्सार ’एजेन्ट’हरूले नयाँ कानुनको विरोधमा आन्दोलन चर्काउँदा वीरगञ्ज भन्सार कार्यालयमा जाँचपास प्रक्रिया गम्भीर रूपमा प्रभावित भएको छ ।
यही मङ्सिर २० गतेदेखि लागू भएको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति विमति जनाउँदै एजेन्टहरू मङ्सिर २० गतेदेखि नै आन्दोलित छन् ।
मङ्गलबार पेट्रोलियम पदार्थको भन्सार जाँचपासबाहेक अन्य सबै काम ठप्प रह्यो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले नयाँ ऐन, २०८२ बाट सिर्जित समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिए ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले समस्या समाधानका लागि प्रयास भइरहेको र आजदेखि जाँचपासको प्रक्रिया नरोकिनेमा आफू आशावादी रहेको बताए ।
एजेन्टहरूको आन्दोलनका कारण व्यापारिक गतिविधि र राजस्व सङ्कलनमा असर परेको छ ।
Facebook Comments