चाँदीको मूल्यले तोड्यो रेकर्ड, सुनमा पनि सामान्य वृद्धि
मेयरसाप डेस्क
|
२०८२ मंसिर २४ गते ०४:५३
काठमाडौं। नेपाली बजारमा चाँदीको मूल्यले एक साताअघिको आफ्नै रेकर्ड तोड्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज (बुधबार) चाँदीको मूल्य प्रतितोला रु ३ हजार ७५० कायम भएको छ ।
अघिल्लो दिन रु ३,६०० मा कारोबार भएको चाँदीको मूल्य एकै दिन रु १५० ले बढेको हो । यसअघि गत बुधबार रु ३,६५५ को उच्चतम रेकर्ड बनेको थियो ।
चाँदीसँगै सुनको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।
सुनको भाउ आज प्रतितोला रु २ लाख ५२ हजार १ सय पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा रु २ सयले बढी हो ।
यद्यपि, सुनको मूल्यले गत असोज ३१ गते कायम भएको रु २ लाख ५८ हजारको रेकर्ड भने तोड्न सकेको छैन ।
Facebook Comments