सर्वोच्चको आदेशपछि हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्बहाली

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २४ गते ०५:१०
Image of https://mayorsap.com/storage/photos/shares/untitled-designpdf-1_2.jpg

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतको आदेशअनुसार आज (बुधवार) पदमा पुनर्बहाली भएका छन् ।

आफूलाई कार्यकारी निर्देशकबाट हटाउने र जल तथा ऊर्जा आयोगमा सरुवा गर्ने सरकारको निर्णयविरुद्ध शाक्य अदालत गएका थिए ।

सर्वोच्च अदालतले शाक्यको सरुवा बदर गर्दै उनलाई प्राधिकरणमै हाजिर भई कामकाज गर्न दिन आदेश दिएको थियो ।

शाक्यलाई कार्यकारी निर्देशकबाट हटाएर ऊर्जा आयोगमा लैजाँदा मन्जुरी लिनुपर्ने भए पनि सो नगरिएको अदालतले व्याख्या गरेको छ ।

हालका ऊर्जामन्त्री कुलमान घिसिङ मन्त्री बनेपछि शाक्यलाई हटाएर मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो ।

शाक्यले आज प्राधिकरणमा फर्केर आफ्नो पदबहाली गरेका हुन् ।


Facebook Comments