बला*त्कार आरोपमा पक्राउ परेका ऋषि कारागार चलान

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २४ गते ०६:५५
Image of https://mayorsap.com/storage/photos/shares/jell.jpg

काठमाडौं । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका मकवानपुर, हेटौँडाका ऋषि केबीलाई अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार कार्यालय भिमफेदी पठाइएको छ ।

मकवानपुरका एसपी सुवास बोहराका अनुसार, कार्तिक २५ गते पक्राउ परेका ४६ वर्षीय केबीलाई जिल्ला अदालतले मङ्गलबार थुनामा पठाउन आदेश दिएको हो ।

प्रहरी अनुसन्धानले केबीले फरक–फरक समयमा १७ वर्षीया नाबालिगलाई मञ्जुरीबिना बलात्कार गरेको निष्कर्ष निकालेको छ ।

सरकारी वकिलले अभियोगपत्र दायर गरेपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।


Facebook Comments