बसाहामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ मंसिर २४ गते १०:४३
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चौदण्डीगढी नगरपालिका, बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments