लुम्बिनीविरुद्ध काठमाडौंले टस जितेर पहिले ब्याटिङ गर्दै
मेयरसाप डेस्क
|
२०८२ मंसिर २४ गते १८:३७
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत महत्त्वपूर्ण खेलमा काठमाडौं गोखार्जले लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेपछि ब्याटिङ रोजेका हुन् ।
काठमाडौं गोखार्जले यस खेलमा आफ्नो अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ ।
लुम्बिनी लायन्सले भने टोलीमा एक परिवर्तन गरेको छ । सुमित महर्जनको स्थानमा दिनेश अधिकारी प्लेइङ ११ मा समावेश भएका छन् ।
यो खेलमा विजयी हुने टोली फाइनल प्रवेशका लागि अर्को खेलमा विराटनगर किंग्ससँग खेल्नेछ ।
Facebook Comments