सबै पार्टी उस्तै भनी राजाका आसेपासेले प्रचार गर्दैछन् : प्रचण्ड

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २४ गते ०३:३९
Image of https://mayorsap.com/storage/photos/shares/prchanda.jpeg

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हिजोका राजा, महाराजा र उनका आसेपासे दलालहरूले युवा पुस्तालाई सम्मान गर्ने र अपमान गर्ने राजनीतिक दलहरू उस्तै हुन् भनी भ्रम फैलाइरहेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित जेनजी महोत्सव २०८२ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले युवा पुस्तालाई यसबारे विचार गर्न आग्रह गरे ।

प्रचण्डले गएको भदौ २३ र २४ को जेनजी आन्दोलनको वरिपरि नै अहिले देशको राजनीति घुमिरहेको उल्लेख गरे । उनले आन्दोलनले राजनीतिक दल र नेताहरूलाई आत्मसमीक्षा गर्ने र रुपान्तरण गर्ने अवसर दिएको बताए ।

उनले आफ्नो पार्टी जनताको आवश्यकता अनुसार कृषिमा नयाँ क्रान्तिको थालनी गर्ने र उत्पादन वृद्धि गरी नेपाली युवालाई देशभित्रै रोजगारीको वातावरण बनाउने कसम खाएर अगाडि बढेको दाबी गरे ।

प्रचण्डले आफ्नो पार्टी र यसको नेतृत्व युवाहरूको ‘असली अभिभावक’ हो भन्ने बुझेर देशभरबाट हजारौँ मानिस पार्टीमा आबद्ध भएको बताए ।


Facebook Comments