रामपुर नगरपालिकामा ‘ज्येष्ठ नागरिक स्कुल’ सञ्चालन
अनुभव र सीप हस्तान्तरण गरिने
मेयरसाप डेस्क
|
२०८२ मंसिर २४ गते ०६:०४
काठमाडौं । रामपुर नगरपालिकाले अनुभव र ज्ञानको आदानप्रदान गर्ने तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने मुख्य उद्देश्यसहित बिहीबारदेखि रामपुर ज्येष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको छ ।
रामपुर–५, रामघाटमा करिब रु १ करोड २६ लाखको लागतमा स्कुल भवन निर्माण भएको हो ।
मेयर रमणबहादुर थापाका अनुसार यो स्कुललाई पुस्ताहरूको सीप हस्तान्तरणको केन्द्रका रूपमा विकास गरिनेछ, जहाँ पाका पुस्ताले आफूले जानेको सीप र संस्कृति नयाँ पुस्तालाई सिकाउनेछन् ।
ज्येष्ठ नागरिकलाई स्कुलसम्म आउन–जानका लागि स्कुल बसको व्यवस्था गरिएको छ । त्यहाँ योग, ध्यान, धार्मिक प्रवचन, स्वास्थ्य जाँच र उत्पादित सामग्री बिक्रीका लागि कोसेली घर मार्फत बजारीकरणको व्यवस्था समेत मिलाइएको छ ।
स्कुल परिसरमा दिवा खाजाका लागि चमेना गृह, व्यायाम हल र परम्परागत ढिकी–जाँतोसमेत निर्माण गरिएको छ । नगरपालिकाले यस वर्ष स्कुल सञ्चालनका लागि रु ३० लाख विनियोजन गरेको थियो ।
Facebook Comments