लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको लक्ष्य
मेयरसाप डेस्क
|
२०८२ मंसिर २५ गते १९:२५
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनल प्रवेशका लागि लुम्बिनी लायन्सले विराटनगर किंग्ससामु १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि मैदानमा जारी दोस्रो क्वालिफायरमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनायो ।
लुम्बिनीका लागि ओपनर डार्शी शर्टले सर्वाधिक ४५ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ३४ रनको योगदान दिए ।
शर्ट र पौडेलबीच दोस्रो विकेटका लागि ६९ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो । रुबेल ट्रम्पलम्यान ११ रनमा अविजित रहे ।
विराटनगरका बलरहरूले कसिलो प्रदर्शन गरे । सुवास भण्डारी र प्रतिश जिसीले समान ३–३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा मात्र १८ रन खर्चेर २ विकेट लिए ।
यो खेल जित्ने टोलीले उपाधिका लागि शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।
Facebook Comments