जेन–जी आन्दोलन छानबिन आयोगको कार्यादेश थप
मेयरसाप डेस्क
|
२०८२ मंसिर २५ गते १९:२५
काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यक्षेत्र (कार्यादेश) थप गर्ने निर्णय गरेको छ ।
सञ्चारमन्त्री जगदीश खरेलका अनुसार, बुधबार साँझ सरकार र जेनजी प्रतिनिधिहरूबीच भएको सहमतिलाई कार्यान्वयन गर्दै मन्त्रिपरिषद् बैठकले असोज ६ गते गठित जाँचबुझ आयोगको कार्यक्षेत्र बढाउने निर्णय गरेको हो ।
दुई पक्षबीचको सम्झौता अनुसार आयोगको कार्यक्षेत्रमा पाँचवटा थप बुँदाहरू समावेश गरिने सहमति भएको थियो ।
मन्त्री खरेलले कार्यादेशको सीमितता बढाउने सन्दर्भमा यो निर्णय भएको जानकारी दिएका छन् ।
Facebook Comments