ओली भन्छन्– पार्टीमा आन्तरिक लोकतन्त्रको वकालत गर्ने मै हुँ

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २५ गते १७:४७
Image of https://mayorsap.com/storage/photos/shares/harirambhetuwal-ktm-rss-25-1000277179.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक लोकतन्त्रको वकालत गर्ने व्यक्ति आफू नै भएको दाबी गरेका छन् ।

बिहीबार सम्पादकहरूसँगको अन्तर संवादका क्रममा उनले आठौँ महाधिवेशनमा ‘हराइए पनि’ नवौँमा लडेर जितेको स्मरण गर्दै आफूले लोकतान्त्रिक अभ्यासको पक्षमा अडान लिएको बताए ।

ओलीले जेन–जी आन्दोलनको क्रममा आफू भागेको भनी भएको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

आफू राजधानी वरिपरि नै कसैको घरमा बसेको र डेरा पाएपछि गुन्डुमा सरेको बताउँदै उनले भने, ‘डेरा नसर्दा म यहाँ छु भनेर डाँडाडाँडामा गएर माइक लगाउने कुरा त भएन नि !’

अध्यक्ष ओलीले ‘नभागेको भए के गर्नुहुन्थ्यो?’ भन्दै जेनजी नेताहरू र प्रधानमन्त्री सुशीला कार्की लाई प्रश्न समेत गरे ।

आगामी निर्वाचनमा आफ्नो उम्मेदवारीबारे बोल्दै ओलीले भने, ‘फेरि आशा छ, मेरो विरुद्ध कोही नउठ्ला र म निर्विरोध जित्छु भन्ने छ ।’

उनले यसबारे भोलि बस्ने बैठकले सहमतिबाटै अघि बढ्ने गरी टुंगो लगाउने जानकारी दिए ।


Facebook Comments