प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलबीच भेटवार्ता
मेयरसाप डेस्क
|
२०८२ मंसिर २५ गते २२:३४
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज (बिहीबार) राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेकी छिन् ।
स्रोतका अनुसार, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक समापनलगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपतिसँग भेटवार्ताका लागि पुगेकी हुन् र उनीहरूबीच अहिले छलफल चलिरहेको छ ।
सरकारले हिजो जेन–जी प्रतिनिधिहरूसँग गरेको सम्झौतालाई आजको मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्दै नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।
Facebook Comments