आज एमालेको सचिवालय बैठक बस्दै

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २६ गते २०:३०
Image of https://mayorsap.com/storage/photos/shares/pic-3-d03d0eb1.jpg

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायतका विषयमा छलफल हुनेछ ।

एमालेको ११ औँ महाधिवेशन भोली (शनिबार) देखि सुरु हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।


Facebook Comments