जेन–जी प्रदर्शनकारीलाई रिहा गर्न गोप्य ‘सर्कुलर’

हाजिर जमानीमा छाडिने

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २६ गते २३:१२
Image of https://mayorsap.com/storage/photos/shares/untitled-design.png

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा प्रहरी प्रधान कार्यालयले जेन–जी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई ‘हाजिर जमानी’मा रिहा गर्न देशभरका प्रहरी कार्यालयहरूमा गोप्य ‘सर्कुलर’ जारी गरेको छ ।

गत भदौ २४ गते उच्छृङ्खल गतिविधि गरेको आरोपमा पक्राउ परेका ८७२ जनामध्ये काठमाडौंको महाराजगञ्ज र कोटेश्वरमा प्रहरीको हत्यामा संलग्न बाहेक अरूलाई छाड्न भनिएको छ । उनीहरूविरुद्ध ३९५ थान मुद्दा दर्ता भएका थिए ।

मङ्सिर २४ गते सरकार र जेन–जी अगुवाबीच भएको १० बुँदे सम्झौताको बुँदा २ अनुसार, ज्यान मार्ने वा सङ्गठित अपराधमा संलग्न नदेखिएका व्यक्तिलाई जाँचबुझ आयोगको सिफारिसपछि थुनामुक्त गर्ने उल्लेख थियो ।

यद्यपि, जाँचबुझ आयोगले छानबिन नगरी नै कसुरदारहरूलाई छाड्न सर्कुलर गरिएपछि दण्डहीनताले प्रश्रय पाउने भन्दै कतिपय प्रहरी अधिकृतहरूले चिन्ता व्यक्त गरेका छन् ।

जेन–जीसँगको सम्झौतापछि गृह मन्त्रालयले उच्छृङ्खल गतिविधि गर्नेहरूलाई छाड्न आदेश दिएको यो दोस्रो पटक हो ।


Facebook Comments