एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छः प्रधानमन्त्री

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २७ गते १७:४७
Image of https://mayorsap.com/storage/photos/shares/68d4112a78713_1.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को आज फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेकी छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुबैलाई शुभकामना व्यक्त गरेकी हुन्।   

उनले भनेकी छन्, “यस उत्सवले सिङ्गो देशलाई जिताएको छ, जगाएको छ । सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्‍याएको छ ।”


Facebook Comments