एनपिएलः रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २७ गते १९:१४
Image of https://mayorsap.com/storage/photos/shares/npl-6.jpg

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सका कप्तान समेत रहेका रोहित पौडेलले ह्याट्रिक विकेट लिएका छन् । उनले आजको फाइनल खेलमा ह्याट्रिकसहित तीन विकेट लिएका हुन् । योसँगै रोहित  जारी सिजनमा ह्याट्रिक गर्ने दोस्रो बलर बनेका छन् । 

यसअघि काठमाडौं गोर्खाजका शाहव आलमले यो सिजनमा पहिलो ह्याट्रिक गरेका थिए । पोखरा एभेञ्जर्सविरूद्ध ह्याट्रिकसहित छ विकेट लिँदै उनले रेकर्ड बनाएका थिए । शाहव एकै खेलमा छ विकेट लिने पहिलो बलरसमेत बनेका थिए ।

यसअघि चितवन राइनोजका रञ्जित कुमारले एकै खेलमा पाँच विकेट लिएका थिए । यस्तै एकै खेलमा चार विकेट लिने खेलाडीहरूमा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरी, सुदूरपश्चिमकै अविनाश बोहरा, विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने, पोखरा एभेञ्जर्सका विपीन खत्री, चितवन राइनोजका सोहेल तनभिर र  पोखराका धनन्जय लक्षन रहेका छन् ।


Facebook Comments