तलब वृद्धिको माग गर्दै बेलायतका आवासीय चिकित्सकहरु आन्दोलित

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २८ गते १२:४४
Image of https://mayorsap.com/storage/photos/shares/uk.jpg

लन्डन।  तलबवृद्धिको माग गर्दै बेलायतका आवासीय चिकित्सकहरूले ५ दिने हडतालको आह्वन गरेका छन् । ब्रिटिश मेडिकल एसोसिएसन (बीएमए) को आह्वानमा चिकित्सकहरूले डिसेम्बर १७ देखि डिसेम्बर २२ सम्म हड्ताल गर्न लागेको हो । चिकित्सकले पाउने तलब र काम गर्ने अवस्था सन्तोषजनक नरहेको भन्‍दै चिकित्सकहरु आन्दोलित भएको हो ।

सरकारले सन् २०२५ मा गरिएको तलब वृद्धिपछि पनि रेजिडेन्ट डाक्टरहरूको तलबको तुलनामा करिब २० प्रतिशत कम रहेको बीएमएको दाबी छ ।  बीएमएले सन् २०२३ यता तलब र काम गर्ने अवस्था सम्बन्धी मागलाई लिएर इङ्ग्ल्यान्डमा चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

बेलायतका स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले डाक्टरहरूलाई सरकारको पछिल्लो प्याकेज स्वीकारेर हडताल फिर्ता लिन अपील गरेका छन्। सरकारको नयाँ प्रस्तावमा बेलायतका मेडिकल ग्रयाजुएट्सहरूलाई विशेष प्रशिक्षण भूमिकाहरूमा प्राथमिकता दिइने सुनिश्चित गर्न नयाँ कानून समावेश छ ।

एसोसिएसनले सरकारी प्याकेज आसन्न हडताल रद्द गर्न पर्याप्त छ छैन भनेर अनलाइन सर्वेक्षण गरी आफ्ना सदस्यहरूसँग परामर्श गर्ने बताएको छ ।   बेलायती प्रधानमन्त्री किअर स्टारमरले फ्लूको प्रकोप बढिरहंदा चिकित्सकको हडताल लापरवाह हुने टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीले बेलायतभरि बढ्दो फ्लूका घटनाहरूका कारण कोरोनाभाइरस महामारी पछि एनएचएस सबैभन्दा अनिश्चित क्षणमा रहेको र हडतालले स्वास्थ्य सेवा प्रणाली एवं बिरामीहरूलाई गम्भीर खतरामा पार्ने चेतावनी पनि दिएका छन् ।

 

 

 


Facebook Comments