काठमाडौं महानगरको 'रैथाने मौलिक खाद्य मेला' आजदेखि
'स्वादमा एकता, थालमा विविधता'
मेयरसाप डेस्क
|
२०८२ मंसिर २८ गते १६:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाको ‘रैथाने मौलिक खाद्य मेला’२०८२ आज सुरु हुँदै छ ।
महानगरपालिकाको स्थापना दिवसको पूर्व सन्ध्यामा आज स्वादमा एकता, थालमा विविधता भन्ने मूल नाराका साथ मेला आयोजना गर्न लागेको हो ।
स्थानीय पहिचान प्रवर्द्धन र संरक्षण हुने गरी स्वच्छ खानपान र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकै ठाउँमा जोड्न मेला आयोजना गरिएको महानगरपालिकाले जनाएको छ ।
मेलामा काठमाडौं महानगरभित्रका ३२ वटै वडाबाट कम्तीमा एक/एक वटा स्थानीय रैथाने खाद्यसम्बन्धी स्थल रहने व्यवस्था मिलाइएको छ ।
उक्त मेला नक्सालस्थित नन्द किशोर बगैँचा (नारायण चौर) मा सञ्चालन हुनेछ ।
Facebook Comments