तस्बिरमा हेर्नुहोस् कालाजग्राबाट देखिएको मनमोहक दृश्य
गोविन्द तिमिल्सेना
|
२०८२ मंसिर २८ गते ०२:५०
बाजुरा । समुन्द्री सतहबाट करिब ३२०० मिटरको उचाइमा रहेको बाजुराको कालाजग्रा प्राकृतिक तथा धार्मिक हिसाबले निकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो, जसलाई ‘टाइगर हिल’का नामले पनि चिनिन्छ ।
यहाँबाट वरपरको मनमोहक दृश्य, बाजुराका ठूला धार्मिक स्थलहरू बडीमालिका, बुढिनन्दा, साथै हुम्ला, जुम्ला, र अपी, शैपाल हिमाल लगायतका हिमशृङ्खलाहरू प्रष्ट देख्न सकिन्छ । सुन्दर कोल्टी, पाण्डुसैन, र पोरखेगढी क्षेत्रको पनि दृश्यावलोकन गर्न सकिन्छ ।
भिमकाय पहाडमाथि रहेको यो क्षेत्रलाई पहाड भित्र लुकेको अर्को नयाँ संसारको उपनाम दिइन्छ । यहाँको भिन्न भूबनोट, चिसो हावापानी, वनजङ्गल, र वन्यजन्तुले पर्यटकलाई स्वर्ग पुगेको आभास दिन्छ ।
मङ्सिरदेखि फागुनसम्म हिउँको घुम्टोले सजिने कालाजग्रामा हालसम्म पानी नपरेकाले हिउँ पर्न सकेको छैन, तर यहाँको सिरसिरे र ठण्डो हावापानीले अत्यधिक चिसो महसुस हुन्छ ।
प्रत्येक वर्ष साउन पूर्णिमाको बेला यहाँ पूजा हुने गर्दछ, जसमा आन्तरिक तथा बाह्य भक्तजनहरूको उपस्थिति रहने गर्छ । जनविश्वासअनुसार, दुई पहाडको थुम्कोमा रहेको यस क्षेत्रबाट अद्भूत शक्ति र वरदान प्राप्त हुन्छ ।
Facebook Comments