महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २९ गते १४:४०
Image of https://mayorsap.com/storage/photos/shares/congress-central-commety-meeting.jpeg

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ । बैठक सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ९ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गरिन्छ, कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार जारी सूचनामा भनिएको छ । बैठक अगामी महाधिवेशनका विषयमा केन्द्रित रहने बताइएको छ । 

यसअघि झण्डै डेढ महिना चलेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई साताअघि मात्रै सकिएको थियो। गत असोज २८ गते सुरु भएको बैठक विभिन्न निर्णय गर्दै मंसिर १५ गते सम्पन्न भएको थियो ।


Facebook Comments