आफू मेयर भएपछि २०८ रोपनी अतिक्रमित जग्गा फिर्ता गरेको बालेनको दाबी

एक हजार आठ सय ५९ रोपनी जग्गा फिर्ता गर्ने लक्ष्य

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २९ गते १८:५४
Image of https://mayorsap.com/storage/photos/shares/1734917683-1.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको बताएका छन् ।

आज आयोजना गरिएको कामपाको ३१औँ स्थापना दिवसको अवसरमा प्रमुख साहले कामपाको लक्ष्य रु दुई खर्ब बराबरको एक हजार आठ सय ५९ रोपनी सार्वजनिक  अतिक्रमण जग्गा फिर्ता गर्नुरहेको जानकारी दिए । उनले रु ९१ करोड लागतको सम्पदा संरक्षणको काम गरेको समेत जानकारी दिए । दश केन्द्रलाई बीमाको प्रथम सेवा केन्द्रको रुपमा तोकिएको उनले जानकारी दिए ।  

रु पाँच अर्ब चार करोडको लागतमा दुई सय ५१ योजना बोलपत्र प्रक्रियामार्फत खरिद गरिएको प्रमुख शाहले बताए । उनका अनुसार धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार सम्पन्न भएको छ । 

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहितको सहभागिता थियो । कार्यक्रममा विभिन्न वडाले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । काठमाडौं महानगरले हरेक वर्ष मङ्सिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ । 


Facebook Comments