एमाले महाधिवेशन: मतदान प्रक्रिया भोलि बिहान ८ बजेबाट हुनेगरी स्थगित

User Image मेयरसाप डेस्क | २०८२ पुष १ गते ०२:१३
Image of https://mayorsap.com/storage/photos/shares/photo-13-4c3d0f9d.jpg

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ ।

आज नै मतदान गर्ने गरी तयारी थालिएकाे भए पनि पटक पटक मतदानकाे समय सारेकाे एमालेले अन्तत: मतदान भोलि बिहान ८ बजेसम्मका लागि सरेको जनाएकाे छ।

महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेसम्मका लागि मतदान सरेको जानकारी दिए ।

‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन,’ पोखरेलले भने, ‘चिसो मौसमका कारणले पनि हामी लामो समय प्रतिक्षा गर्नसक्ने अवस्थामा छैनौं । त्यस अवस्थामा आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ ।’


Facebook Comments