एमाले महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि आज मतदान

User Image मेयरसाप डेस्क | २०८२ पुष २ गते ११:०९
Image of https://mayorsap.com/storage/photos/shares/uml-mahadibeshan_1.jpg

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । हिजो मंगलबार साँझ मतदान हुने भनिएपनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।  पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार नयाँ नेतृत्वका लागि आज बिहान ८ः०० बजेदेखि मतदान हुने छ ।  

तीन सय एक सदस्यीय नयाँ कार्यसमितिका लागि करिब ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइने बताइएको छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्ने छन् । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।  


Facebook Comments