भेनेजुएला भित्रिने र बाहिरिने प्रतिबन्धित तेल ट्यांकरलाई नाकाबन्दी लगाउन ट्रम्पको आदेश

अन्तर्राष्ट्रिय तेलको मूल्य प्रभावित हुने आकलन

No Author Assigned | २०८२ पुष ३ गते ०९:२२
Image of https://mayorsap.com/storage/photos/shares/Trump.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला भित्रिने र बाहिरिने सबै तेल ट्यांकरहरूमा पूर्ण नाकाबन्दीको निर्देशन दिएका छन् । ट्रुथ सोशलमा गरेको पोस्टमा ट्रम्पले  भेनेजुएलालाई अमेरिकी सम्पत्ति चोरेको साथै आतंकवाद, लागूपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाउँदै नाकाबन्दीको निर्देशन दिएका हुन् । 

उनले भनेका छन्, ‘आज म भेनेजुएला भित्र र बाहिर जाने सबै तेल ट्यांकरहरूको पूर्ण नाकाबन्दीको आदेश दिँदैछु।’ ट्रम्पको नयाँ आदेशले अन्तर्राष्ट्रिय तेलको मूल्य प्रभावित हुने आकलन गरिएको छ।

एकक हप्ता अघि मात्र अमेरिकाले भेनेजुएलाको तट नजिक एक तेल ट्यांकर कब्जा गरेको थियो । यस कदमलाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले ‘समुद्री लुट’ भनेर आलोचना गरेका थिए । भेनेजुएलाले ट्रम्पको पछिल्लो टिप्पणीको बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।  

ट्रम्प प्रशासनले बारम्बार भेनेजुएलामाथि लागूपदार्थ तस्करीको आरोप लगाउँदै आएको छ  । अमेरिकाले क्यारिबियनमा आफ्नो वायुसेना र नौसेना तैनाथ गरेको छ। यसअन्तर्गत आणविक शक्तिले चल्ने पनडुब्बी, टोही विमान र १५ हजार सेनाहरू छन्। अमेरिकाले यस क्षेत्रमा धेरै डुंगामाथि आक्रमण गरेको छ, जसमा अहिलेसम्म ९० जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ। 


Facebook Comments