रवि र छविको मुद्दामा आज पेसी, छुट्लान् त धरौटीमा?
सहकारी ठगी प्रकरण
मेयरसाप डेस्क
|
२०८२ पुष ३ गते १५:२५
बुटवल । सुप्रिम सहकारीको रकम अपचलन र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ ।
उनीहरूले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिरै बसी मुद्दा लड्न पाउनुपर्ने माग गर्दै निवेदन दिएका छन् ।
कात्तिक १३ गतेयता यो मुद्दामा निरन्तर सातौँ पटक पेसी तोकिएको हो । यसअघि कहिले ‘हेर्न नमिल्ने’ सूचीमा परेर त कहिले कानुन व्यवसायीको अनुरोधमा ६ पटकसम्म सुनुवाइ स्थगित भइसकेको छ ।
जिल्ला अदालत रुपन्देहीले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि लामिछाने हाल नख्खु कारागार र जोशी भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।
लामिछानेले आफू सहकारीको शेयर सदस्य वा ऋण लिने प्रक्रियामा कतै पनि संलग्न नरहेको भन्दै आरोप अस्वीकार गर्दै आएका छन् ।
Facebook Comments