‘बुर्का’ नलगाएको निहुँमा श्रीमती र दुई छोरीको ह*त्या
मेयरसाप डेस्क
|
२०८२ पुष ३ गते १५:२५
एजेन्सी । भारतको उत्तर प्रदेशस्थित शामलीमा एक व्यक्तिले आफ्नै परिवारको संहार गरेका छन् ।
फारुक नाम गरेका ती व्यक्तिले श्रीमतीले ‘बुर्का’ नलगाएको भन्दै उनको र घटना लुकाउन दुई छोरीको समेत हत्या गरी शव घरभित्रै गाडेको सनसनीपूर्ण खुलासा भएको छ ।
श्रीमती माइती जाने क्रममा बुर्का नलगाएको र पैसा मागेको विषयलाई लिएर फारुकले आफ्नो ‘इज्जत’मा ठेस पुगेको महसुस गरेका थिए ।
डिसेम्बर १० को मध्यरातमा फारुकले श्रीमतीलाई गोली हानी हत्या गरे । सोही आवाज सुनेर बाहिर आएका १४ र ६ वर्षीया छोरीहरूलाई पनि उनले प्रमाण मेटाउन गोली हानेर हत्या गरे ।
शामलीका एसएसपी एनपी सिंहका अनुसार हत्यापछि तीनवटै शवलाई आफ्नै घरमा गाडिएको थियो । फारुकका अन्य दुई छोरा र एक छोरी भने सुरक्षित छन् ।
यस घटनाप्रति उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले गहिरो दुःख व्यक्त गर्दै अपराधीलाई कडाभन्दा कडा सजाय दिलाउने प्रतिबद्धता जनाएका छन् ।
Facebook Comments