मन्त्रिपरिषद्को निर्णयः नुवाकोट कारागारको ब्लकलाई बाल सुधार गृह बनाउने
मेयरसाप डेस्क
|
२०८२ पुष ३ गते २०:२३
काठमाडौं। नुवाकोटमा निर्माण भएको केन्द्रीय कारागारको ब्लकलाई बाल सुधार गृहको रुपमा सञ्चालन गरिने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले नुवाकोटको बिदुरमा निर्माण भएको कारागारको ब्लकलाई सुधार गृहको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गर्दै विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका किशोरहरूलाई त्यहाँ राख्ने भएको हो ।
Facebook Comments