विद्यार्थी नेताको मृ*त्युपछि बंगलादेशमा झनै चर्कियो हिं*सा

User Image मेयरसाप डेस्क | २०८२ पुष ४ गते १९:२२
Image of https://mayorsap.com/storage/photos/shares/untitled-design_14.jpg

ढाका । इन्कलाव मञ्चका प्रवक्ता एवं चर्चित विद्यार्थी नेता सरिफ ओस्मान हादीको उपचारका क्रममा सिंगापुरमा निधन भएपछि बंगलादेशमा पुनः हिंसात्मक प्रदर्शन सुरु भएको छ । गत साता ढाकामा नकाबधारीको गोली प्रहारबाट गम्भीर घाइते भएका हादीको बिहीबार मृत्यु भएको हो ।

हादीको मृत्युको खबर सार्वजनिक भएलगत्तै देशभर तोडफोड र आगजनी भएका छन् । प्रदर्शनकारीले लोकप्रिय सञ्चारमाध्यम ‘प्रोथोम आलो’ र ’डेली स्टार’का कार्यालयलाई समेत निशाना बनाएका छन् ।

हादी गत वर्ष शेख हसिनाको सरकार ढाल्ने आन्दोलनका प्रमुख पात्र थिए । उनले बंगलादेशको राजनीतिमा भारतीय हस्तक्षेपको चर्को विरोध गर्दै आएका थिए ।

अन्तरिम सरकारका प्रधानमन्त्री मोहम्मद युनुसले टेलिभिजनमार्फत सम्बोधन गर्दै जनतालाई शान्त रहन आग्रह गरेका छन् । उनले हादीमाथि गोली प्रहार गर्नेलाई कानुनी कठघरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

आगामी फेब्रुअरी १२ मा हुन लागेको आम निर्वाचनको पूर्वसन्ध्यामा चर्किएको यो हिंसाले बंगलादेशको सुरक्षा व्यवस्थामा ठुलो चुनौती थपिदिएको छ ।


Facebook Comments