नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा आदर्श माविको ह्याट्रिक

User Image मेयरसाप डेस्क | २०८२ पुष ४ गते २३:५३
Image of https://mayorsap.com/storage/photos/shares/madhyapur-thimi.jpg

भक्तपुर । मध्यपुरथिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय सानो थिमिले ह्याट्रिक गरेको छ । आदर्श माविले आज चौथो मध्यपुरथिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड जितेर उपाधिमा ह्याट्रिक गरेको हो । यससँगै आदर्श माविले रनिङ शिल्ड पच गरेको छ । प्रतियोगितामा एसओएस हर्मन माइनर स्कुल दोस्रो भएको छ । त्यस्तै गणेश मावि तथा आदर्श मावि लायकु तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगिताको विजेता मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए । मध्यपुरथिमि नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ४३ वटा निजी तथा सामूदायिक विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा ५३९ छात्र र ४०५ छात्रा गरी कूल ९४४ छात्रछात्राको सहभागिता रहेको मध्यपुरथिमि सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्रप्रसाद भट्टले जानकारी दिए । 


Facebook Comments