हेटौंडामा जलवायु परिवर्तन सम्बन्धी छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न
मेयरसाप डेस्क
|
२०८२ पुष ५ गते १२:३३
हेटौंडा । हेटौंडामा जलवायु परिवर्तन सम्बन्धी छलफल तथा सुझाव संकलन कार्यक्रम गरिएको छ । संघीय वन तथा वातावरण मन्त्रालय र बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा जलवायु परिवर्तन तथा अनुकुलन राष्ट्रिय कार्यान्वयन योजना तेस्रो मस्यौदा प्रतिवेदनको प्रदेशस्तरीय छलफल तथा सुझाव संकलन कार्यशाला हेटौंडामा भएको हो ।
कार्यक्रमको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसीले उद्घाटन् गरे । कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका कारण धेरै खालका समस्या बढ्दै गएकाले हरेकले आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बेला आएको बताए ।
मन्त्रालयका सचिव डाक्टर केदार बरालको अध्यक्षतामा भएको कार्यक्रममा वन निर्देशनालयका निर्देशक विद्यानाथ झा लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि वन विभागका उपसचिव सुजल सुवेदीले प्रस्ट पारेका थिए ।
Facebook Comments