मधेशमा जसपाका सांसद यादवलाई सभामुख बनाउने सात दलको सहमति

User Image मेयरसाप डेस्क | २०८२ पुष ५ गते १५:३६
Image of https://mayorsap.com/storage/photos/shares/68ce9201cf3f5_1.jpg

जनकपुरधाम। मधेश प्रदेशमा जसपा नेपालका प्रदेश सांसद राम अशिष यादवलाई सभामुख बनाउने सातदलीय सहमति भएको छ । आज बिहान बसेको सात दलीय गठबन्धनको बैठकले यादवलाई उम्मेदवार बनाउने सहमति भएको हो ।

सभामुखको उम्मेदवार बनाएका यादव जसपा नेपालका प्रमुख सचेतक समेत छन् । मधेशमा रिक्त सभामुख पदका लागि आज मनोनयन दर्ता गर्ने तालिका छ ।

सभामुखका उम्मेदवार यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बा दोस्रो पटक प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् । गत मङ्सिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डललाई पदअनुकूलको आचरण नगरेको अभियोगमा सातदलीय गठबन्धनले दुई तिहाई बहुमतबाट पदमुक्त गरेका थिए ।


Facebook Comments