कोलम्बियाको सैन्य बेसमा आक्रमणः ७ सैनिकको मृत्यु, ३० घाइते

User Image मेयरसाप डेस्क | २०८२ पुष ५ गते १५:३८
Image of https://mayorsap.com/storage/photos/shares/aakraman7.PNG

एजेन्सी । कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही समूहले गरेको आक्रमणमा कम्तीमा सात जना सैनिकको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

सेनाका अनुसार उक्त आक्रमण नेशनल लिबरेसन आर्मी (ईएलएन) ले ड्रोन प्रयोग गरी गरेको हो । सेनाले यसलाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै यसले सर्वसाधारणको ज्यान जोखिममा पार्नुका साथै मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको जनाएको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जाल एक्स  मार्फत प्रतिक्रिया दिँदै उन्नत एन्टी–ड्रोन प्रणालीको अभावका कारण यस्तो घटना भएको बताए । उनले अवैध सशस्त्र समूहका यस्ता आक्रमण रोक्न तत्काल आवश्यक एन्टी–ड्रोन प्रणाली खरिद गर्ने आदेश दिएको जानकारी दिए ।

यसैबीच, सैनिक बलका प्रमुख कमाण्डर जनरल फ्रान्सिस्को कुबिदेसले ईएलएनका आतङ्कवादी गतिविधिविरुद्ध गुप्तचर सङ्कलन तथा सैन्य कारबाहीलाई थप सुदृढ गरिने बताए ।


Facebook Comments