पर्यटन व्यवसायीका लागि दिइएको ६ महिने चिनियाँ भाषा तालिम सम्पन्न

User Image मेयरसाप डेस्क | २०८२ पुष ५ गते १५:३८
Image of https://mayorsap.com/storage/photos/shares/fb-img-1766214786417.jpg

काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा नेपाल पर्यटन बोर्ड र यहाँस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ भाषा प्रशिक्षण दिइएको छ । 

छमहिने उक्त प्रशिक्षणमा संलग्न ४७ जना व्यवसायीलाई शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो । 

त्यस अवसरमा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले प्रशिक्षणका माध्यमबाट व्यवसायीलाइ चिनियाँ पर्यटकसँग व्यवहार गर्न तथा आफ्ना सेवाबारे अवगत गराउन सहज हुने बताए। साथै उनले देशको पर्यटन उद्योगमा चिनियाँ भाषा जानेका व्यवसायीबाट टेवा पुग्ने विश्वास व्यक्त गरे। 

दूतावासका ‘मिनिस्टर काउन्सिलर’ चु पानले चीन–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै यसबाट दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन बल मिल्ने विश्वास व्यक्त गरे। 


Facebook Comments