चिसो बढेपछि कृष्णपुर नगरपालिकाका विद्यालय दुई दिन बिदा गर्ने निर्णय

पुस ६ र ७ गते बिदा

User Image मेयरसाप डेस्क | २०८२ पुष ५ गते १६:५७
Image of https://mayorsap.com/storage/photos/shares/kreshana-nagarpalika.gif

कञ्चनपुर । अत्यधिक चिसो र शीतलहरका कारण कृष्णपुर नगरपालिकाले नगरभित्रका विद्यालयरू दुई दिन बन्द गर्ने निर्णय गरेको छ । चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले पुस ६ र ७ गते बिदा दिने निर्णय गरेको हो । 

शुक्रबार भुवा पर्वको बिदा र शनिवार सार्वजनिक बिदा भएकाले नगरपालिकाले ६ र ७ गते बिदा दिने निर्णय गरेको छ ।

कञ्चनपुरसहित पश्चिम तराईका जिल्लामा विगत चार दिनदेखि मौसममा आएको परिवर्तनका कारण हुस्सु, कुहिरो र शीतलहर चल्न थालेको छ । घाम नलाग्ने र दिनभरि चिसो हावा चल्ने क्रम बढेपछि सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । विशेषगरी बिहानीको समयमा विद्यालय जाने साना बालबालिका चिसोका कारण बिरामी पर्न सक्ने जोखिम बढेको छ ।


Facebook Comments