मधेश प्रदेशका नवनिर्वाचित सभामुख यादवद्वारा पदभार ग्रहण
मेयरसाप डेस्क
|
२०८२ पुष ७ गते १७:०५
जनकपुर । मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले पदभार ग्रहण गरेका छन् । सोमबार बिहान मधेश प्रदेश सभामा रहेको सभामुखको कार्यकक्षमा सभामुख यादवले पदभार ग्रहण गरेका हुन् ।
सो क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रदेश सभाबाट हुने कामकाजलाई चुस्तदुरुस्त र कानुन सम्मत बनाएर अघि बढ्ने जानकारी दिए। उनले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार प्रदेश सभालाई प्रभावकारी, उत्तरदायी र मर्यादित रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरे ।
सभामुख यादवले विगतमा भएजस्तो नातावाद र दलतन्त्र हावी हुने कुनै कार्य आफूबाट नहुनेमा ढुक्क हुन आग्रह गरे । उनले विभिन्न बाधा र अडचनका कारण कार्यान्वयन नहुन सकेको भाषालगायतका कानुनहरु अगाडि बढाउन सम्पूर्ण दलहरुसँग सहकार्य र छलफल गर्ने बताए ।
उनले मधेश प्रदेश सभामा भएका सम्पूर्ण दल र सांसद एक बराबर मानेर बैठकको कामकाज अगाडि बढाउने जानकारी दिए । मधेश प्रदेश सभाका सम्पूर्ण कर्मचारी एवम पदाधिकारीहरुले सभामुख यादवलाई भव्य स्वागत गरेका थिए ।
Facebook Comments