तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दै राष्ट्रपति पौडेल
मेयरसाप डेस्क
|
२०८२ पुष ८ गते १४:०९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभाका प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।
पौडेलले मंगलबार दिउँसो ३ बजेका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई छलफलमा बोलाएका हुन् ।
भेटमा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा छलफल हुने बताइएको छ ।
Facebook Comments