मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

पालिका र वडाबाट प्रवाह हुने सेवालाई जनताको घरदैलोमै पुर्याउने उद्देश्य

User Image मेयरसाप डेस्क | २०८२ पुष ८ गते १६:५८
Image of https://mayorsap.com/storage/photos/shares/matihani.jpg

महोत्तरी । स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको घरदैलोमै पुर्याउने उद्देश्यले मटिहानी नगरपालिकाले आजदेखि एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको छ ।

नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले पालिका र वडाबाट प्रवाह हुने सेवाहरूलाई एकीकृत रूपमा जनतासमक्ष पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको बताए। उनले शिविरबाट स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे ।

आज वडा नं १ सिर्सियाबाट प्रारम्भ गरिएको शिविर क्रमशः सबै वडाहरूमा सञ्चालन गरिने जनाइएको छ । शिविरमा योजनासम्बन्धी अभिमुखीकरण तथा योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रका लागि दरखास्त सङ्कलनलगायतका सेवा प्रदान गरिएको छ।


Facebook Comments