राप्रपा मकवानपुरले प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस
मेयरसाप डेस्क
|
२०८२ पुष ८ गते २०:२६
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाकाे २ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुकाे सिफारिस गरेकाे छ । निर्वाचनका लागि मकवानपुरकाे २ वटै क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारकाे नाम सिफारिस गरिएकाे हाे ।
आगामी २१ फागुनकाे लागि ताेकिएकाे निर्वाचनकाे लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा दीपक बहादुर सिंहको एकल नाम सिफारिस गरेकाे छ । सिंह पार्टीका केन्द्रिय कार्य सम्पादन समिति सदस्य छन् । २०७९ सालमा भएकाे प्रतिनिधि सभा निर्वाचनमा सिंह जिल्लाकाे क्षेत्र नम्बर १ बाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सिंहले प्रतिनिधि सभामा पूर्वाधार विकास समितिको सभापतिको रुपमा जिम्मेवारी सम्हाली सकेका छन् ।
यसैगरी क्षेत्र नम्बर २ काे लागि प्रत्यक्ष तर्फ २ जनाकेा नाम सिफारिस भएकाे छ । प्रत्यक्षमा राम बहादुर थोकर र श्याम सुन्दर बर्तौलाकाे नाम सिफारिस गरिएकाे हाे ।
क्षेत्र नम्बर १ काे समानुपातिक तर्फ खस/आर्यमा उमेश थापा र नवराज थपलिया, आदिवासी जनजातिमा अरुण लामा, मनोज कुमार मोक्तान, बालकृष्ण श्रेष्ठलाई सिफारिस गरेको छ । यस्तै पिछडिएकाे वर्ग तर्फ शुक्रराज प्रजा, जनजाती महिला तर्फ सरस्वती कुमारी थिङ र मनिषा स्याङतान महिला तर्फ हिरा कुमारी भट्ट र हिरा चौरेल, दलित तर्फ सन्देश परियार र दिपु सुनारकाे नाम सिफारिस गरिएकाे क्षेत्रीय अध्यक्ष उमेश थापाले जानकारी दिए ।
यसैगरी क्षेत्र नम्बर २ काे समानुपातिक तर्फ खस/आर्यमा दिपक थापा र ज्ञानेन्द्र राज ढुङ्गेल, आदिवासी जनजातिमा पूर्ण सिंह तामाङ, पूर्णमान तामाङ र बेलमान पाख्रिनकाे नाम सिफारिस गरिएकाे छ । यस्तै जनजाती महिला तर्फ पूर्णिमा लोप्चन, महिला तर्फ अन्जु कार्की खुसी दलित तर्फ बिवेक रसाइली विककाे नाम सिफारिस गरिएकाे पार्टीले जनाएकाे छ ।
Facebook Comments