कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
मेयरसाप डेस्क
|
२०८२ पुष ९ गते ०९:४१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ ।
बैठकमा १५ औं महाधिवेशनको कार्यतालिका, आसन्न प्रतिनिधि सभा निर्वाचन लगायतका विषयमा छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । १५ औं महाधिवेशनका लागि पूर्वनिर्धारित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न नभएपछि कांग्रेसले महाधिवेशन कार्यतालिका हेरफेरको तयारी गरेको छ ।
Facebook Comments