गाैमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने
प्रति परिवार २२ केजी
गोविन्द तिमिल्सेना
|
२०८२ पुष १० गते १०:०८
बाजुरा- बाजुराकाे गाैमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने भएको छ। पालिकाले आजदेखि गाउँपालिकाका सबै वडाहरूमा आयोडिनयुक्त भानु नुन वितरण गर्ने भएको हाे ।
प्रति परिवार २२ केजीका दरले आयोडिनयुक्त भानु नुन वितरण गरिने गाउँपालिकाले जनाएको छ ।नुन लिन आउँने सेवाग्राहीहरुले आफ्नाे नेपाली नागरिकताकाे फाेटाेकपी अनिवार्य साथमा लिएर आउँनु पर्ने छ।
वडा नम्बर ३, ४, ५ र ६ का नागरिकहरुले गाउँपालिकाको केन्द्र घट्मुनाबाट नुन लिन लिनु पर्ने छ । त्यस्तै वडा नम्बर १ र २ का नागरिकहरुले सिम बजारबाट नुन प्राप्त गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष हरी बहादुर राेकायाले जानकारी दिए ।
नागरिककाे सहजताका लागी गाउँपालिकाले नुन वितरण गर्न लागेकाे अध्यक्ष राेकायाकाे भनाइ छ। पालिकाका स्थानीयलाई खानमा अभाव नहाेस् भनेर वितरण गर्न लागिएकाे बताएका छन्।
पुस १० गते वडा नम्बर ४ र ५, पुस ११ गते वडा नम्बर ३ र ६ तथा पुस १२ गते वडा नम्बर १ र २ का लागि नुन वितरण गरिने भएको छ । गाउँपालिकाले तोकिएको मिति, स्थान र समयमा उपस्थित भई नुन लिन स्थानीय नागरिकहरूलाई अनुरोध समेत गरेकाे छ।
Facebook Comments